तिम्रो वाचा

मेरा लागि, जुन र तारा झार्ने तिम्रो त्यो संकल्प
अनि तिम्रो लागि, मैले गर्न नसकेका ती वाचा,
रह्यो त केवल एक साहस, तिमीलाई असिमित, अमुर्त माया गर्ने।
तिम्रा अनेकौं प्रस्न, प्रति-प्रस्न को जवाफ बिहिन भए म,
थियो त मनमा खालि एक भरोसा
कि
गल्ली- गल्ली, सडक-सडक र हर सेकेन्ड अनि हर मिनेटमा गरिने त्येस्तै अरु वाचाहरु भन्दा भिन्न थियो तिम्रो त्यो वाचा
खोक्रा थिएनन् तिम्रा ति शब्द,
अनि रिक्तो थिएन मेरो विश्वास।
भ्रम, सपना अनि बिपना,
तिम्रो वाचा, भ्रमको भुमरी,
अनि मेरो सपना,
मेरो वाचालाई चिथोरेर, निचरेर, खोक्रो बनाई तिरस्कृत गर्ने छैनौ तिमीले।
हट्दै गएका ति भ्रमका बादल
टुटे, फुटेका मेरा सपना
आखिर येही नै त रहेछ तिम्रो वाचा को यथार्थ
र मेरो बिपना।



Comments

Popular Posts