अभागी भाग्यमानी
म आफुलाई खासै भाग्यमानी नठान्ने मान्छे हरुमा पर्दछु. तर
आस्चर्य आज आएर के छ भन्दा, मलाई आफु सार्है नै अभागी तर भन्न लाई भाग्यमानी महसुस
भैरहेको छ! किन भन्ने प्रस्न अवस्य नै उठ्न सक्ला, म संग जवाफ पनि छदै छ!
म भाग्यमानी किनकि आज को नेपाल मा म बाहुन हु, एक केटी हु र
म काठमाडौँ मा बस्छु
अभागी किनकि म बाहुन हु, एक केटी हु र म काठमाडौँ मा बस्छु
अब यथार्त सुनौ!
भाग्यमानी! किनकि जति पनि सत्ता समातेका नेता हरु छन् सबै
बाहुन हुन्! अनि फेरी सबै बाहुन नातेदार हुन्छन भन्ने ठुलै बिस्वाश छ हाम्रो देश
मा! चाहे त्यो स्यांग्जा, खोटांग र गुल्मी
को पाखा मा बस्ने बाहुन होस वा चाहे त्यो काठमाडौँ, भैरहवा अथवा बिराटनगर मै बस्ने
बाहुन किन नहोश! सबै बाहुन एकै हुन्! सबै लोभी, कन्जूश, निरङ्कुश, हेप्ने प्रवृति
भएका र अवसरबादी! अनि बाहुन भनेपछि सबै ले जति पाउने अवसर उहिले पईसके अब सक्यो
उनीहरुको पालो! बाउ बाजे ले प्रसस्त सम्पति जोडेकै छन् क्यारे, किन चाहियो यिनीहरुलाई
कोटा! अवसर त फालाफाल छ नी, नेता का आफन्त पो परे त!
तर अपसोस म यो
मध्ये कुनै मा पनि पर्न सक्ने बाहुन परिन!
कस्तो अनौठो,मेरो विचार मा मिथिला नेपाल हो अनि मधेश बासी
सबै नेपाली! तर के गर्नु, मेरा बाहुन आफन्त हरुले गर्नु गरे नी, अनि मैले बोलिन नी
त! मौन बसेर समर्थन जनाए! मधेश मा गएको ज्यान मा जस्तै बाहुन को हैन भनेर म धुक्क
भए! येही त छ नी ठुलो अबिस्वास!
पहाड मा भूकम्प आएर हल्लौदा अब अत्ति भयो पहाड को संरचना नै
यस्तो छ, पहाडी लाई मदेश मा settle गरौ नत भन्ने कुरो आउदा, बोल्नु भएको थियो फेरी
नेता हरुले नै! तर तेसबेला भने मधेश को नेता हुनुहुन्थ्यो बोल्ने मा! हैन तेस्तो
हामी हुन दिने छैनौ, हाम्रो एक मधेश हो पहाडी लाई आउन दिने छैनौ!
तर मलाई पूर्ण विश्वास छ, यी सब्द मेरो मैथिली साथी को
थिएन! तर, के गर्नु बुझाई नै यस्तै छ! मधेश ले चुप चाप लागेर तेस्लाई सहमत गर्यो
भनियो! तर बोलेका थिए केवल ति नेता हरु! अरु, बोलेर पनि के गर्थे सुन्न लाई को नै
थियो र?
म निकै हराए क्यारे!
अभागी! ठान्दछु म आफुलाई! केटी भएर जन्मिनु,नेपाल जस्तो देश
मा! बुर्का त मैले अवस्य लगाएको छैन! बुर्का लाई घृणा हैन! सोच माथि आस्चर्य हो!
मलाई मेरो इच्छा अनुषार लुगा लगाउने स्वतन्त्रता छ! तर, मेरो लुगा ले अरुलाई
बिचलित बनाउन भने भएन!म पढे लेखेको छु,काम मेरो पनि हुन्छ, तर म घर ढिला आए भने
समाज ले बोल्छ, मेरो पढे लेखेका बा आमा ले भन्छन्, “ छोरी अबेर नगर है?”
अझै पुगेन सुन्न मलाई! किनकि मा केटी हो, जे भने नी
भैहाल्यो, सुनिहल्छे! मेरो सहकर्मी म संगै पढेका केटा साथी हरु भन्छन्, “ तलाई त
के छ र, भोलि बिहान उठेर हैन मा काम गर्दिन, मेरो श्रीमान ले कमाई हाल्छ नी भन्न
पाउछेस!” अनि मैले नकारे भने, उ तँ कति किच किच गर्छस है? अजै बेजोड ले मैले आफ्नो
कुरा राखे भने, भन्छन् “ तँ म अपवाद मा परिस” हाहाहा! कस्तो मज्जा है? मन मा आए
जति बोलौ, उनलाई रिझाईदिउ सक्किगो नी कुरो!
अनि म?
म जन्मिएको एक पढेलेखेको परिवार मा, मेरो कुनै दाजुभाइ
छैनन्! छीन त केवल एउटी दिदी! चासो धेरै लाई छ! मेरो आमा बुवा को सेश पछि सम्पति
कसको? एक जना मैले चिनेको कानून बिज्ञ ले त कति सम्म भने! लौ, अब यी दुई छोरी ले
पाउने भए बाबु आमा को अपुताली! उनको बुझाई गलत भनौ कि हाम्रो समाज को सोचाई!
सम्पति मा छोरी को हक, दाजुभाइ भए पनि उही नभए पनि उही! खै त सम्मान? कानून पढेको
मैले! त्यो सम्पति को पाउने सुद्द एउटा order हुन्छ! छोरा नभए मात्र पाउने हो
छोरीले, अनि कति को अनुसार त भने नी मैले, अपुताली पो पाको रे त! कानूनी बेहोरा मा
जे सुकै होश, तर यहाँ फेरी कुरा आयो उही, सोच को!
अब, म के भनौ त आफुलाई? अहोभाग्य भएकी बाहुन केटी, कि उही
अभागी नेपाली छोरी?
Comments
Post a Comment