दाइजो

दाइजो

दस गजा बीस भयो

यस्तै दस माथि दश थपिदैं जाँदा,

अन्योलमै पर्यो अस्तित्व हाम्रो॥

हिजो उनका media ले बुद्धलाई आफ्नो भन्दै सुनायो

अनि आज हाम्री आफ्नी सीता

उनकी बुहारी हैन छोरी भईन रे॥

बिर्सेछन् सायद, घर र ससुराली को त्यो नाता उनले

जुन उनि बार-बार, बारम्बार दोहोरौथ्ये

दोहोराऊछन् आज पनि, दश गजा पारी,

 जहाँ आज पनि उनकै बुहारी छोरी हुन सकेकी छैनन्,

अनि दश गजा वारी को त झन् के कुरा,

पारी को नरोकिएको कदम, रोकिएला कि भन्दै,

आफ्नै छोरीलाई अग्नि कुण्डमा होमिन तत्पर,

 “छोरी कुटेर बुहारी तर्साए” झैँ

बिस्वस्त छन् सबै वारी, पारी को कदम रोकिएला भन्नेमा

तर, साल र नाल को यो नातामा,

दाइजो पो हो त मुख्य प्रसङ्ग,

अनि दाइजो पनि कति महँगो,

छोरी, कोशी अनि कर्णाली।

Comments

Popular Posts